हामीले दैनिक खाँदै आएको खानेकुरा पनि अलिकति मिहिनेत गरी आइडिया लगाएर पकायौं भने त्यसबाट फरक परिकार तयार पार्न सक्छौं । त्यस्ता परिकार स्वादिलो मात्र होइन स्वास्थ्यका लागि पौष्टिक पनि हुन्छन् । यसपटक परिकारमा हामीले पोलेको माछा कसरी तयार पार्ने भन्नेबारेमा जानकारी दिदैछौं ।

सामग्री :
माछा : १ केजी
सोया सस : १५ मिलिलिटर
अदुवा र लसुनको पेस्ट : ३ चम्चा
कागतीको रस : १ चम्चा
नुन : स्वादअनुसार
तोरीको तेल : ४ मिलिलिटर
जिराको धूलो : १ चम्चा
बिरेनुन : आधा चम्चा ।

विधि :

सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल मोलेर बार्बीक्यु स्टाइलमा पोल्ने । माछालाई साल, केराको पात अथवा र्‍यापिङ पेपरमा र्‍याप गरेर पोल्नुपर्छ । माछा पाकेपछि टिम्मुर, बिरेनुन, जिरा, खुर्सानीको धूलो तथा नुनको मिक्समा चोबेर खान सकिन्छ ।

Comments

comments