एजेन्सी । विश्वविद्यालयको प्रश्नपत्र बनाउँदा विद्यार्थीसंग परामर्श गरेर बनाइनेछ । यस्तो नयाँ र अनौठो नियम भारतको एक विश्वविद्यालयले अपानाउन लागेको हो।

पंजावको अमृतसर सहरमा रहेको गुरु नानक देव विश्वविद्यालयले यस्तो नियम ल्याउन लागेको छ । यो भारतको पहिलो विश्वविद्यालय हुनेछ, जसले यस्तो कदम उठाएको होस् ।

गुरु नानक देव विश्वविद्यालयमा आगामी सत्र शुरु हुनुभन्दा अगाडि कक्षाका वाकी विद्यार्थी सिनियर विद्यार्थीसँग सुझाव लिएर बनाइएको प्रश्नपत्रको जवाफ दिनेछन् । सिनियर विद्यार्थीको सुझावका आधारमा तयार पारिएको प्रश्नपत्र बोर्ड अफ स्टडीले अनुमोदन गर्नेछ । यसपछि सिन्डिकेटको फैसला आउँछ र प्रश्नपत्र छापिन्छ ।

गुरु नानक देव विश्वविद्यालयका उपकुलपति डा.जसपाल सिंहल सन्धूले यसवारे भने, ‘आउने समयमा पाठ्यक्रम तयार गर्नका लागि यो अनौठो प्रयोग देशका सवै विश्वविद्यालयका लागि काम लाग्ने हुनेछ ।’

Comments

comments