मेलबर्न । माइग्रेसन एजेन्टको गलत सल्लाहले एकजना भारतीयको १५ हजार डलर यत्तिकै खेर गएको छ । SBS HIndi का अनुसार उनलाई सिड्नीका एक एजेन्टले गलत सल्लाह दिंदा अनावश्यक दु:ख झेलेका हुन् ।

भारतका पुष्पेन्दर सिंह विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए । पढाइ सकिएपछि पनि उनी अष्ट्रेलियामा नै बस्न चाहे। जसकारण भिसा सम्बन्धि सल्लाह र आवश्यक प्रक्रियाको लागि सिड्नीका एक माइग्रेसन एजेन्टकोमा पुगे ।

ती एजेन्टले सिंहलाई उनको भिसाको अनुसार अब सिड्नी बस्न नसक्ने र पर्थमा गएर १८७ भिसाको लागि आवेदन दिनुपर्ने बताए । यसको लागि उनले अकुपेशन एसेस्ड गर्न नपर्ने बताएका थिए । सल्लाह अनुसार सिंह पर्थ गए र भिसाको लागि सबै कुरा ठीक पारि भारत गए । भारतबाट फर्कदा फेरी ती एजेन्टले अकुपेशन एसेस्ड गर्नुपर्छ भने । भिसाको लागि तनावमा आएका उनलाई फेरी एसेस्मेन्ट सकिएपछि आफ्नो कम्पनिमा स्पोन्सरको लागि कुरा गरेर ४५७ स्किल्ड भिसामा अप्लाई गर्न पठाइयो । त्यसपछि उनलाई दक्ष पेशाको भिसाको लागि ६ हजार डलर तिरेर जब रेडी प्रोग्राम लिन भनियो । फेरी, वर्कप्लेस कम्युनिकेशन प्रोग्रामको लागि उनले ८ सय डलर पनि बुझाए । यति भैसकेपछि उनको भिसा प्रक्रिया पूरा भयो ।

तर, जब एक वर्ष पछाडी पी आरको लागि सिंह पर्थमा रहेको माइग्रेसन एजेन्टकोमा आफ्ना कागजात लिएर पुगे तब त्यहाँका एजेन्टले भने की, उनले एक वर्ष अगाडी नै पीआरको लागि अप्लाई गर्न सक्थे र त्यो सबै झन्झट आवश्यक थिएन । र उनको आइएलटिएसको मान्यता गुज्रिएकोले उनले फेरी परिक्षा दिनुपर्ने भयो । उनका अनुसार, सबै कामको झन्झट र समय बर्बाद त भयो नै, उक्त समयको विभिन्न खर्च तथा शुल्क गरेर १५ हजार डलर भन्दा बढी खर्च समेत भयो ।

सिंहले आफ्नो यो अनुभवबाट अरु पनि सचेत रहुन् भन्ने उद्देश्यले यो कुरा सबैसंग बाँड्न चाहेको बताएका छन् । उनी अहिले पीआर सहित पर्थमा बसोवास गरिरहेका छन् र भिसा वा कुनै पनि सल्लाहको लागि एक भन्दा धेरै ठाउँमा राम्रोसंग बुझ्नुपर्ने सल्लाह दिन चाहन्छन् ।

Comments

comments