काठमाडौं । मह जोडीको बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को पहिलो गीत सार्वजनिक भएको छ । शत्रु गतेको पहिलो गीत ‘ रुपै मोहनी’ को म्युजिक भिडियो आजै मात्र सार्वजनिक गरिएको हो ।

टंक बुढाथोकी र मीना निरौलाको स्वर रहेको गीतलाई लोराज अधिकारिले लेखेका हुन् भने गायक बुढाथोकीले संगीत दिएका हुन् ।

गीतको म्युजिक भिडियोमा चलचित्रका मूख्य कलाकारहरुलाई देख्न सकिन्छ । चलचित्रमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपक राज गिरि, दिपा श्री निरौला, पौल शाह, प्रियंका कार्की, शिवहरी पौडेल, आंचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

Please follow and like us:

Comments