मेलबर्न । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलको एउटा फोटोले अहिले सामाजिक संजाल तताएको छ । प्रधानमन्त्रीले लाइफ ज्याकेट नलगाई डुंगा चढेको फोटो सार्वजनिक भएपछी सामाजिक संजालमा उक्त फोटो भाइरल भएको हो ।

अष्ट्रेलियनहरुले ” के प्रधानमन्त्रीले जरिवाना तिर्लान् ?” भन्दै उक्त फोटो सेयर गरिरहेका छन् । अष्ट्रेलियाको कानुन अनुसार डुंगामा सयर गर्दा अनिवार्य रुपमा लाइफज्याकेट लगाउनुपर्छ र यदि उक्त नियम तोडेको पाइएमा २ सय ५० डलर जरिवाना तिर्नुपर्छ ।

सामाजिक संजालमा फोटो भाइरल भएपछी प्रधानमन्त्रीले गल्ती स्वीकार्दै माफी मागेका छन् । उनले आफू सुरक्षाको विषयमा सधै संवेदनशिल रहेको भन्दै सम्पूर्णलाई सुरक्षा सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

Comments

comments