एजेन्सी । सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ले करिब दुई सय करोड कलेक्सन गरिसकेको छ । हालसम्म सार्वजनिक भएको डाटा अनुसार फिल्मले ६ दिनको शो नासिकिदै १ सय ९० करोड ६२ लाखको बिजनेस गरेको हो ।

वलिउड अनलाईनहरुको डाटालाई आधार मान्दा फिल्मले हालसम्म बुधबार मात्रै फिल्मले १७ करोड ५५ लाखको बिजनेस गरेको थियो । यो तथ्याङ्कले नै फिल्मले रिलिजको पहिलो ६ दिनमानै २ सय करोडको माएलस्टोन पार गर्ने पक्का भएको छ ।

उच्च वर्ड अफ माउथले फिल्म हेर्न दिनहुँ हलमा लाम लाग्दै आएको छ । ‘टाइगर जिन्दा है’को यो कलेक्सन २०१७ मा रिलिज सबै वलिउड फिल्मको भन्दा उच्च हो ।

Comments