धरान । धरानमा दुई टाउका सहितको बच्चा जन्मिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोनम मण्डलले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुलाई जन्म दिएकी हुन् ।

इनरुवा–८ बस्ने चन्द्रनारायण मण्डल र सोनम मण्डल दम्पतीका छोरीका रुपमा जमिएकी शिशुको स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको बुझिएको छ। डाक्टरका अनुसार,दुई टाउकोमध्ये एक टाउकोले स्वासप्रस्वासमा समस्या देखिएको थियो।

मण्डल दम्पतीले यसअघि इटहरीको एक क्लिनिकमा चार पटकभन्दा बढी भिडियो एक्सरे गरेर गर्भ जाँच गराउँदा चिकित्सकले गर्भमा बच्चा राम्रो अवस्थामा छ भनेर जानकारी दिएका थिए ।

तस्बिर : कान्तिपुर

Comments

comments