मेलबर्न । अष्ट्रेलियामा आगामी वर्ष अर्थात २०१८ देखि गाडीको रजिस्ट्रेसन नियम फेरिने भएको छ । अष्ट्रेलियाको भिक्टोरिया र न्यु साउथ व्हेल्स राज्यमा रजिस्ट्रेसन नियम फेरिने भएको छ ।

भिक्टोरियाका गाडी मालिकहरुले अब इन्स्टलमेन्टमा गाडी रजिस्टर गर्न सक्नेछन्। जनवरी १ तारिखदेखि नै लागु हुने भनिएको यस नियम अनुसार, अब तीन महिना अथवा छ महिना अथवा बाह्र महिनाको लागि आफूलाई जुन सजिलो हुन्छ, त्यही अनुसार रजिस्टर गर्न सकिनेछ। यसको लागि  www.vicroads.vic.gov.au मा गएर आफ्नो अकाउन्ट बनाउनुपर्छ ।

रजिस्ट्रेसन औसतमा, तीन महिनाको लागि २ सय डलर, छ महिनाको लागि ४ सय डलर र एक वर्षको लागि ८ सय डलर हुनेछ । रजिस्ट्रेसन गरेको समय अवधि सकिएपछि अनलाइनद्वारा सुचना पठाइनेछ ।

त्यस्तै न्यु साउथ व्हेल्सका गाडी मालिकले फ्री रजिस्ट्रेसन सुविधा पाउनेछन् । यसको लागि टोलमा एक वर्षको अवधिमा एक हप्ताको २५ डलर खर्च गरेको हुनुपर्नेछ । यो स्किम टोल रोड प्रयोग गर्नेहरुको लागि हो । M5 प्रयोगकर्ताले भने क्यास्ब्याक स्किम पाउनेछन् ।

तस्बिर स्रोत : SBS Hindi

Comments

comments