एजेन्सी । बलिउड नायिका इलियाना डिक्रुज अष्ट्रेलियन फोटोग्राफर एन्ड्रयुसंग पछिल्लो चार वर्षदेखी सम्बन्धमा छिन् । इलियानाले सामाजिक संजाल मार्फत आफ्नो प्रेम खुलेर दर्शाउने गरेकी छिन् ।

यस्तैमा हालै उनले शेयर गरेको एउटा फोटोले इलियाना र एन्ड्रयुले गुपचुप रुपमा विवाह गरेको चर्चा चलिरहेको छ । क्रिसमसको अवसरमा उनले एउटा फोटो सेयर गर्दै क्यापसनमा आफ्नो ब्वाईफ्रेन्ड एन्ड्रयु नीबोनलाई ‘हब्बी’ यानी पति भनेर सम्बोधन गरेपछि उनीहरु बीच विवाह भएको आशंका गरिएको हो ।

यसअघि पनि इलियाना र एन्ड्रयुले अस्ट्रेलियामा विवाह गरेको खबर बाहिर आएको थियो । तर, दुवैले यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

सन् १९८७, १ नोभेम्बरमा जन्मिएकी इलियानाले सन् २००६ मा देवदासु चलचित्रबाट डेब्यु गरेकी थिइन् । सन् २०१२ मा उनले अनुराग वासुको चलचित्र ‘बर्फी’ वलिउडमा डेब्यु गरिन् । त्यसपछि उनले फटा पोस्टर निकला हिरो, मे तेरा हिरो, रुस्तम लगायत चलचित्रमा काम गरेकी छिन् ।

Comments