अष्ट्रेलियाको लोर्ट स्मिथ एनिमल अस्पतालका चिकित्सकले एक सुनौलो माछाको शरीरमा रहेको ट्युमर सफलता पुर्वक शल्यक्रिया गरेका छन् | मेलबर्न स्थिति 3AW रेडियोको समाचार सामग्रीलाई बिबिसले आफ्नो अनलाइन सस्करणमा उल्लेख गरे अनुसार मेलबर्न निवासी पिप जोइस नाम गरेका एक व्यक्तिले माछाको उपचारका लागि अस्पताल ल्याएका थिए | भेटेनरी डा. ट्रिसटन रिच १० वर्षीय उक्त माछोको अप्रेशनमा संलग्न थिए | मालिक जर्ज भन्छन् ” चिकित्षकका अनुसार शल्यक्रिया पछि माछोको आयु अब २० बर्ष लम्बिएको छ |
सुनौलो माछोको टाउकोमा बिस्तारै बढ्दै गरेको ट्युमर थियो जसले गर्दा उसको शारीरिक स्वास्थ्य र सुन्दरतामा समेत प्रभाव परेको थियो | चिकित्षकले माछोलाई पौडीरहेको अवस्थामा ४५ मिनेट लामो जटिल शल्यक्रियापश्चात दिमाग सँग जोडिएको ठुलो आकारको ट्युमर सफलता पुर्वक निकालेका हुन् | साधारण बेहोश बनाई गरिएको यो जटिल शल्यक्रियामा माछोका मालिक पिपले २ सय डलर खर्चिएका छन् |
अप्रेशनको समयमा पनि माछोलाई पौडी रहन दिन चिकित्षकलाई उनले भनेका थिए | जर्ज नामको सुनौलो माछोलाई शल्यक्रिया अवधिभर पम्प अक्सिजेनेटेड तलाउमा गिल्स मार्फत स्वाश प्रश्वास गराइएको थियो |
अप्रेशन पश्चात माछोको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको छ | “जर्ज”अरु माछा सरह आहार गर्न र पौडन सक्षम छ |

Please follow and like us:

Comments