एजेन्सी। बलिवुडकी चर्चित नायिका सोनाम कपुर विवाह बन्धनमा बाँधिने भएकी छिन्।

भारतीय संचारमाध्यमहरुका अनुसार उनले दिल्लीका चर्चित व्यापारी आनन्द आहुजासँग विवाह गर्ने भएकी हुन् ।

विवाहका लागि जोधपुरमा ठाउँ समेत तय गरिसकेको छ । विवाहको मिती भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।

नायिका तथा बलिवुड स्टार अनिल कपुरकी छोरी सोनाम र आनन्द तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् ।पछिल्लो केहि दिनदेखि लण्डनमा छुट्टि मनाइरहेका यी जोडीले आधिकारिकरुपमा आफ्नो सम्बन्धलाई खुलासा भने गरेका छैनन् ।

Comments

comments