काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल जेनिशा मोक्तान छोरीकी आमा बनेकी छिन् । ‘क्रिस्मस डे’ को राती जेनिशाले छोरीलाई जन्म दिएकी हुन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत जेनिशाका श्रीमान डिकेश मल्होत्राले क्रिस्मसको दिन छोरी उपहारस्वरुप पाएको भन्दै खुशी व्यक्त गरेका छन् । करिब पाँच वर्षको प्रेम सम्बन्ध पछि जेनिशाले व्यवसायी डिकेश मल्होत्रासँग विवाह गरेकी थिइन् ।

आमा जेनिशा र बच्चा दुवै स्वस्थ्य रहेको उनले सामाजिक सञ्जालमार्फत वताएका  छन् ।

 

Comments

comments