मेलबर्न । पांच सन्तानकी आमासंग विवाह गरेका भारतीय युवकलाई अध्यागमनले भिसा दिन अस्विकार गरेको छ । भारतका पंकज बड्याललाई न्युजील्याण्डको अध्यागमनले भिसा नदिएको हो ।

पंकज र ४० वर्षिया अरोहा अक्ल्यांडमा बस्थे । पंकज विद्यार्थी भिसामा भएको समयमा उनीहरुबीच चिनजान, प्रेम र विवाह भयो । भिसा सकिएपछि कानुनि सल्लाहमा नै पंकज भारत फर्किए र न्युजिल्याण्डको भिसाको लागि फेरी अप्लाइ गरे । तर उनले भिसा भने पाएनन्।

अध्यागमन विभागले यी दुईको विवाह साँचो, लामो समयको लागि र विश्वसनीय हुने आधार नभेटिएको र पंकजले न्युजिल्याण्डमा विद्यार्थी भिसामा रहंदा अनुमति भन्दा धेरै घण्टा काम गरेकोले भिसा नदिइएको बताएको छ ।

अरोहा र पंकजले भने आफूहरुको विवाह साँचो तथा अटुट सम्बन्ध भएको र अलग्गिएर बाँच्न नसक्ने बताएका छन् । अरोहाका अनुसार, उनका छोराछोरीले पंकजलाई बाबुको रुपमा माया र सम्मान गर्ने भएकोले सिंगो परिवार भिसाको कारणले दु:खी बनेको छ । त्यसैले उनी अब भारत गएर दुवै मिली विवाहको यथेष्ट प्रमाण लिएर आउनेछन् ।

Comments

comments