गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताको लागि जनताले बहुमत दिएको बताएका छन् । ‘चुनावमा प्राप्त जनादेशभित्र वाम एकताको आदेश पनि छ’ निर्वाचनको समीक्षा गर्न गोरखा आएका श्रेष्ठले भने, ‘अब छिट्टै पार्टी एकता हुन्छ ।’

नेता श्रेष्ठले नेपाली कांग्रेसलाई नयाँ सरकार गठनको बाटो अवरुद्ध नगर्न सचेत गराए । ‘जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएका छन्’ उनले भने, ‘काँग्रेसले विभिन्न बाहनामा सरकार छोड्न आनाकानी गरिरहेको छ । सरकार गठनमा अवरोध पु¥याउनु भनेको जनादेशको अपमान हो ।’

Please follow and like us:

Comments