तेलगु फिल्म ईण्डस्ट्रीबाट नाम कमाउन सफल भएका कमेडियन ब्रह्मानंदम कोमिकले यतिखेर साउथमा मात्र नभई नर्थ ईण्डियामा पनि उत्तिकै चर्चा बटुलेका छन् ।

साउथ ईण्डियन ईण्टरनेश्नल मुवी अवार्डसमा ब्रह्मानंदमले बेस्ट कमेडियनको अवार्ड जितेका छन् । फिल्ममा आफ्नो उत्कृष्ट कोमिक टाईमिङग र मुहारको अचम्मको भाव दिएर अभिनय गर्ने उनको सामाजिक सञ्चारमा पनि उनले निकै लोकप्रियता पाउन सफल भएका छन् । ब्रह्मानंदमले अहिलेसम्म एक हजार भन्दा बढि तेलगु फिल्ममा अभिनय गरेर गिनीज बुक अफ वेल्र्ड रेकर्डमा आफ्नो नाम अटाउन सफल भईसकेका छन् ।

ब्रह्मानंदमको लोकप्रियता गुगलमा उनको नाम सर्च गरेरपनि पत्ता लगाउन सकिन्छ । यसको अलावा फेसवुक पेजपनि उनैको नामबाट बनाइएको छ । यतिसम्मकी उनका फ्यानले उनको तस्वीरलाई बराक ओबामा,मोनालिसा र शाहरुक खानदेखि लिएर लालुप्रसादसम्मको लुक दिइएको छ । यस किसिमको लोकप्रियता बलिउडका कुनैपनि कमेडियनलाई दिइएको छैन ।

यतिमात्र होईन चर्चित हस्तीहरु अन्ना हजारे, ओसामा विन लादेन, सत्य श्री साई र चे ग्वेराको रुपमा पनि उनको तस्बीर गुगलमा भेटेन सकिन्छ ।

Comments

comments