मेलबर्न । आफ्ना बालबालिकाहरुले स्कुलमा राम्रो वातावरण पाउन् र राम्रो शिक्षा आर्जन गरुन् भन्ने सबै अभिभावकको चाहना हुन्छ । यसको लागि अभिभावकको समेत महत्वपूर्ण भूमिका हुन्छ । अष्ट्रेलियामा आफ्ना बालबालिका पढाईरहेका अभिभावाकले निम्न कुराहरु अपनाउनुपर्छ ।

  • स्कुलहरुमा प्राय: वर्षको दुई पटक अभिभावक भेटघाट कार्यक्रम हुन्छ । ती अभिभावक भेटघाट कार्यक्रममा जाने गर्नुहोस् । आफ्नो बालबालिका तथा शिक्षकहरुसंगको सम्बन्ध बुझ्नुहोस् ।

  • स्कुलमा हुने विभिन्न कार्यक्रमहरुमा आफ्नो समय हुँदा स्वयंसेवकको भूमिका निर्वाह गर्नुहोस् । स्कुलको वातावरण बुझ्नुहोस् । शिक्षक, अरु अभिभावक तथा स्टाफसंग सम्बन्ध विस्तार गर्नुहोस् ।

  • बच्चालाई एउटा दैनिक समय तालिका बनाइदिनुहोस् । यसले गर्दा उसलाई भार पर्दैन ।

  • बच्चाको गृहकार्य, उसको स्कुल समय, पाठ्यक्रम आदिको बारेमा पूर्ण जानकारी राख्नुहोस् र बच्चालाई सधै स्कुल जान प्रेरित गर्नुहोस् ।

  • बच्चाको साथी बनेर उसले पढेका कुराहरु आफूलाई सुनाउन लगाउनुहोस् ।

Comments

comments