एजेन्सी । फोर्ब्सले भारतले सेलिब्रेटीहरुको यो वर्षको कमाइ सार्वजनिक गरेको छ । फोर्ब्सले सबैभन्दा बढी कमाउने एक सय जना सेलिब्रेटीको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक भएको सूची अनुसार सलमान खान यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने भारतीय सेलिब्रेटी बनेका छन् । फोर्ब्सले निकालेको उक्त तथ्याङ्क अनुसार बलिवुड सुपरस्टार सलमान खानले २०१७ मा एक दिनमा करिब ६४ लाख भारतीय रुपैयाँ कमाए। जस अनुसार उनले यो वर्ष २ सय ३२ करोड भारुभन्दा बढी कमाएका छन् ।

सलमान खान पछि दोस्रो नम्बरमा शाहरुख खान छन्। उनको कमाइ एक सय ७० करोड भारुभन्दा माथि छ। तेस्रोमा भने खेलाडी विराट कोहली आएका छन्। क्रिकेटर कोहलीको कमाइ एक सय करोड भारु छ।

चौथो स्थानमा ९८ करोड भारु कमाउँदै अक्षय कुमार परेका छन्। पाँचौंमा क्रिकेटर सचिन तेन्दुलकर, छैठौंमा आमिर खान, सातौंमा प्रियंका चोपडा, आठौंमा क्रिकेटर महेन्द्र सिंह धोनी, नवौंमा ऋतिक रोशन र दसौंमा रणवीर सिंह छन्। यसपछि एघारौंमा दिपीका पादुकोण र बाह्रौंमा संगीतकार एआर रेहेमान परेका छन्।

१३ औं नम्बरमा ब्याडमिन्टन खेलाडी पिभि सिन्धु, रणवीर कपुर चौधौं नम्बरमा र बाहुबली निर्देशक १५ औंमा छन् भने अजय देवगन सोह्रौं, गायक अर्जित सिंह १७ औं, कमेडियन कपिल शर्मा अठारौं, बरुण धवन १९ औं नम्बरमा छन्। अभिनेता अमिताभ बच्चन ६४ करोड भारु कमाएर २० औं नम्बरमा पर्न सफल भएका छन्।

Comments

comments