काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा अपराजित विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्ससामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर स्थित त्रिवि मैदान जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगर वारियर्सले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय ४९ रनको स्कोर जोड्न सफल भएको हो ।

खेलमा विराटनगरका लागि आसिफ शेख दीपेन्द्रको बलिमा एलबीडब्लूको धरापमा परे । बार हायत ३६ तथा अंशुमन राथ ५७ रनको व्यक्तिगत स्कोटर बटुल्दा हरिशंकार शाहको बलमा बोल्ड भए ।

यस्तै कप्तान पारस खड्का १५ रन तथा प्रनित थापामगर १४ रन जोड्दा अरिफ शेखको बलमा क्याच आउट भए । यस्तै आजै हुने दोस्रो खेलमा ३ खेल मध्ये एउटामा पनि जीत निकाल्न नसेको चितवन टाइगर्सले ललितपुर प्याट्रोइट्सको सामना गर्दै छ ।

राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा विराटनगर वारियर्स लिगको शीर्ष स्थानमा छ, भने ललितपुर पुछारबाट दोस्रो तथा चितवन अन्तिम स्थानमा छ । प्रतियोगितामा सोमबार काठमाडौ किंग्स इलाभेन र विराटनगर वारियर्स भैरहवा ग्लाडियर्टस र पोखरा राइनोजबीच खेल हुनेछ ।

Comments

comments