मेलबर्न । नयाँ वर्ष नजिक आइपुगेको छ । यो नयाँ वर्षमा तपाईं अष्ट्रेलियामा हुनुहुन्छ र फायरवर्क्स संगै नयाँ वर्ष रमाइलोको साथ मनाउन चाहनुहुन्छ भने नि:शुल्क प्रवेश सुविधा भएका यी १० ठाउँ तपाईंका लागि राम्रो विकल्प हुन सक्छन् :

१. Kirribilli

यहाँ जानको लागि छिटो गएर आफ्नो सिट बुक गर्नुपर्ने हुन्छ। यो ठाउँमा प्रवेशको लागि बिहान ८ बजे खुल्ला गरिन्छ। यसभित्र खानेकुरा पाइंदैन तर सौचालयको व्यवस्था छ । विस्तृत जानकारीको लागि नर्थ सिड्नी काउन्सिल 99368100 अथवा northsydney.nsw.gov.au माध्यम प्रयोग गर्न सक्नुहुन्छ ।

२. Cremorne Point

यो दिउसो एक बजे खुल्ला रहन्छ । खाना पाइन्छ तर मध्यपान निशेष गरिएको छ । विस्तृत जानकारीको लागि नर्थ सिड्नी काउन्सिल 99368100 अथवा northsydney.nsw.gov.au माध्यम प्रयोग गर्न सक्नुहुन्छ ।

३. Bradfield Park, Milsons Point

यो ठाउँ बिहान ८ बजे देखि खुल्ला रहन्छ । खानेकुरा किन्न पाइन्छ । मध्यपान निषेधित छ । विस्तृत जानकारीको लागि नर्थ सिड्नी काउन्सिल 99368100 अथवा northsydney.nsw.gov.au माध्यम प्रयोग गर्न सक्नुहुन्छ ।

४. Birchgrove Park

यहाँबाट सिड्नी हार्बर ब्रिजको पश्चिमी भाग देख्न सकिन्छ । यो ठाउँ परिवारको साथमा जानको लागि विशेष लोकप्रिय छ । यहाँ मध्यपानको लागि अनुमति छ । विस्तृत जानकारीको लागि इनार वेस्ट काउन्सिल 02 9367 9222 मा सम्पर्क गर्न सकिन्छ ।

५. Blues Point Reserve, Blues Point Road, McMahons Point

यहाँ खानेकुरा पाइन्छ तर मध्यपानको अनुमती तथा पार्किङ्गको सुविधा छैन । यो ठाउँ बिहान ८ बजे देखि खुल्ला रहन्छ। विस्तृत जानकारीको लागि नर्थ सिड्नी काउन्सिल 99368100 अथवा northsydney.nsw.gov.au माध्यम प्रयोग गर्न सक्नुहुन्छ ।

६. Campbells Cove, Hickson Road, Sydney

यो ठाउँ बिहान ९:३० बजे देखि खुल्ला रहन्छ । यहाँबाट सिड्नी हार्बर ब्रिज र ओपेरा हाउस देख्न सकिन्छ । यहाँ खानेकुरा किन्ने र शौचालयको व्यवस्था छ भने मध्यपान निषेध गरिएको छ ।

७. Darling Harbour, Sydney

यो ठाउँ बिहान ११ बजे देखि खुल्ला रहन्छ। यहाँ पार्किङ्गको लागि सुविधा भएपनि ठाउँ पाउन गाह्रो हुन्छ । यस ठाउँमा खानेकुरा किन्न पाइन्छ र मध्यपान निषेध गरिएको छ ।

८. East Esplanade, Manly

दिउसो १ बजेदेखि खुल्ने यो ठाउँ विशेष गरि परिवार सहित जानको लागि उपयुक्त मानिन्छ। यहाँ धुम्रपान तथा मध्यपान निषेध गरिएको छ । यस ठाउँको बारेमा विस्तृत जानकारीको लागि नर्थन बिचेज काउन्सिल 02 9976 1500 मा सम्पर्क गर्न सकिन्छ ।

९. Mort Bay Park, Cameron Street, Birchgrove

यो ठाउँ बिहान ८ बजे देखि खुल्ला रहन्छ र मध्यपान निषेधित छ। परिवार लिएर समेत जान सकिने यस ठाउँमा मध्यपान निषेध गरिएको छ । यस ठाउँको बारेमा विस्तृत जानकारी लिनको लागि इनार वेस्ट काउन्सिल 02 9367 9222 मा सम्पर्क गर्न सकिन्छ।

१०. North Head, Manly

यो ठाउँ बेलुका ५:३० बजे खुल्ला रहन्छ र यहाँ खानेकुरा बेच्न राखिएको हुँदैन । यहाँ मध्यपान निषेध गरिएको छ। यस ठाउँको बारेमा विस्तृत जानकारी लिनको लागि एनएसडब्लु नेशनल पार्क्स एण्ड वाइल्डलाइफ सर्भिस 1300 072 757 मा सम्पर्क गर्न सकिन्छ ।

स्रोत

Comments