एजेन्सी । विश्वका सफल तथा सबैभन्दा धनी व्यवसायी बिल गेट्सले बलिवुड फिल्म ‘ट्वाइलेट: एक प्रेम कथा’ को प्रशंसा गरेका छन् ।

बिल गेट्सले अक्षय कुमारद्वारा अभिनित उक्त फिल्मको ट्वीटरमार्फत प्रशंसा गरेका हुन् ।

उनले लेखेका छन्, ‘ट्वाइलेट: एक प्रेम कथा’, बलिउडमा भर्खरै विवाह सम्पन्न भएको जोडीको प्रेममा आधारित छ। फिल्मले भारतमा रहेको स्वच्छता सम्बन्धी चुनौतीलाई देखाएको छ।’

यो फिल्मले शौचसम्बन्धी जनचेतना फैलाएको र सरकारको स्वच्छ भारत अभियानमा सन्देश प्रवाह गर्न ठूलो भूमिका निभाएको थियो।

Comments

comments