मेलबर्न । अष्ट्रेलियाको कानुनमा फेरी अर्को परिवर्तन भएको छ । यसको प्रत्यक्ष असर नयाँ आप्रवासीहरुलाई पर्ने देखिन्छ । परिवर्तित कानुन कल्याणकारी सुविधा सम्बन्धि हो ।

अष्ट्रेलिया सरकारले आप्रवासीहरुलाई दुई वर्षपछि देखि अभिभावक र स्याहार भत्ता तथा विद्यार्थीहरुलाई आर्थिक सहयोग दिने गर्थ्यो । सरकारबाट अब यो सहयोग लिनको लागि आप्रवासीहरुले तीन वर्ष कुर्नुपर्ने भएको छ ।

देशको आर्थिक बजेटको घाटालाई कम गर्ने भन्दै सरकारले आगामी २०१८ जुलाई १ देखि यो नियम लागु गर्ने बताइएको छ । तर आप्रवासी सामुदायिक संस्थाहरुको एक छाता संगठनले भने उक्त सरकारी कदमले थप सहयोग चाहिने मानिसहरुलाई झनै समस्यामा पार्न सक्ने चेतावनी दिएको छ।

Comments

comments