बीबीसी । अंग्रेजी भाषामा धेरै राम्रो दक्षता भएका कारण एक भारतीय महिला आफ्ना पतीसहित बस्ने चाहनाबाट बन्चित भएकी छिन् । स्कटल्याण्डमा बस्ने उनका पतीसंगै बस्नको लागि उनले फेरी भिसा अप्लाइ गर्नुपर्ने भएको छ ।

संगीतकर्मी तथा अंग्रेजीको डिग्री हासिल गरेकी २२ वर्षिया एल्क्जेंड्रिया रिचौल सिलोङकी हुन् । उनका इन्जिनियर पति स्कटल्याण्डमा बस्छन् । गर्भवती रहेकी रिचौलले भिसाको लागि अप्लाइ गरेकी थिइन् । जसमा बेलायतको अध्यागमनले उनको अंग्रेजी भाषा दक्षता चाहिने भन्दा धेरै राम्रो भएकोले भिसा दिन नसकिने बतायो ।

यस घटनापछि एक अधिकारिले बिबिसीसंगको कुराकानीमा , रिचौलले अध्यागमन विभागको नियम अनुसार, आधिकारिक केन्द्रबाट अध्यागमनको मापदण्ड अनुसारको अंग्रेजी भाषा परिक्षा दिनुपर्ने बताएकी छिन् । उनले रिचौलले आवश्यकता भन्दा माथीको तहको अंग्रेजी भाषा परिक्षा दिएको र त्यसलाई सघाउ पुग्ने अरु कागजात समावेश नगरेकोले भिसा दिन अस्विकार गरिएको बताएकी छिन् ।

स्रोत

Comments

comments