पर्सा । सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागीपछि त्रसित स्थानीय बासिन्दाहरु घर छाडेर सुरक्षित स्थानतर्फ जाने क्रममा एक बालिका हराइरहेको बताइएको छ ।

हराइरहेकी बालिका वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका नागिन्द्र रामकी ६ वर्षीया छोरी लालत्रीकुमारी राम हुन् ।

सुपर ग्यास उद्योगमा भीषण आगलागीको हल्ला चलेपछि बाहिर जाने क्रममा बुधबारदेखि नै उनी बेपत्ता भएको पर्सा प्रहरीले जनाएको हो ।

परिवारजनबाट प्राप्त हुलिया विवरण पस्तुत गर्दै पर्सा प्रहरीले रातो कुर्ता र हरियो सुरुवाल लगाएकी अन्दाजी २ फिट ५ इन्च उचाइ भएकी बालिका फेला परे नजिकैको प्रहरी चौकीमा खबर गरी सहयोग गर्न पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग आग्रहसमेत गरेको छ ।

Comments