काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत बिहीबारको पहिलो खेलमा ललितपुर प्याट्रोइट्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सर्वाधिक धनराशि पुरस्कार भएको एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा ललितपुरले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरका लागि योगेश नागरले अर्धसतकीय पारी खेले भने कप्तान ज्ञानेन्द्र मल्ले ४२ तथा भारतीय खेलाडी जयकिसन कोशवालले १४ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् । बलिङ तर्फ दीपेश श्रेष्ठले ३ विकेट लिए भने आरिफ शेख र पुनित मिश्रले समान २÷२ विकेट लिए ।

यस्तै बिहीबार नै चितवन टाइगर्स र काठमाडौं किंग्स इलाभेनबीच खेल हुँदै छ । यसअघि बुधबार भएको पहिलो खेलमा ग्लाडियर्टसले विजयी सुरुवात गरेको थियो भने ललितपुर २ मध्येमा १ मा जीत र १ मा पराजित भएको थियो ।

राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा विराटनगर वारियर्स २ खेलबाट सत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा छ भने लगातार २ खेल हारेको काठमाडौ किंग्स इलाभेन तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्र्तगत शुक्रबार पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेन तथा चितवन टाइगर्स र विराटनर वारियर्सबीच खेल हुनेछ । पुस १५ गते सम्म सञ्चलन हुने खेलमा ६ टिमले सहभागिता जनाएका छन् ।

Comments

comments