एजेन्सी । भारतीय कलाकार तथा फिटनेस प्रमोटर मिलिन्द सोमन र नेपाली मुलकी अंकिता कुवँरको प्रेम सम्बन्धले सामजिक संजाल तथा मिडिया तताइरहन्छ । पछिल्लो समय उनीहरुको विवाहको खबर झन् रफ्तारमा फैलिएको छ । खासगरी उनीहरुबीचको उमेर भिन्नताले गर्दा यो सम्बन्धले मिडियामा चर्चा पाउने गरेको हो ।

५३ वर्षीया सोमनले र दोब्बरभन्दा बढी उमेरले कान्छी उनकी प्रेमिका अंकिताले यही आउँदो नयाँवर्षमा विवाह गर्ने चर्चा चलिरहेको छ । अंकिताको उमेर कसैले १८/१९ वर्ष, कसैले २२ त कसैले २६ बताउने गरेका छन् । अंकिताको परिवारबाट पनि विवाहको लागि स्वीकृत भइसकेको छ । नेपाली मूलकी अंकीता कुवँर आसामकी बासिन्दा हुन् ।

मिलिन्दले सन् २००६ मा फ्रेन्च अभिनेत्री माइलिन जाम्पानोइसँग विवाह गरेका थिए । तीन वर्षपछि उनीहरुको वैवाहिक जीवनमा पूर्णविराम लागेको थियो । त्यसपछि उनको सम्बन्ध पूर्व मिस इण्डिया मधु सप्रेसँग रह्यो । दुवैले एक सुज कम्पनीको प्रिन्ट एडको लागि नग्न फोटोसुट गराएका थिए । जसले गर्दा उनीहरु विवादमा पनि परे ।

पछिल्लो समय मिलिन्द फिल्म ‘बाजीराओ मस्तानी’ मा देखिएका थिए । त्यसमा उनले अम्बाजी पन्तको भूमिका निभाएका थिए । फिटनेसका कारण उनी अझ लोकप्रिय मानिन्छन्।

Comments

comments