मेलबर्न । नेपालीहरुले अष्ट्रेलियामा फेसन र ब्युटीसंग सम्बन्धित व्यवसाय गरिरहेका छन् भने नेपालीहरुको संख्या बढेसंगै नेपालीहरुको पोशाकको माग, सौन्दर्य सम्बन्धि उनीहरुले लिने सेवाको क्षेत्र पनि बढिरहेको छ। नेपालीहरुको फेशन, ट्रेन्ड, आवश्यकता र व्यवसायीहरुबीच पूल निर्माण गर्ने हेतुले हिमालयन कंगारुले फेशन एण्ड ब्युटी टक स्तम्भ संचालन गरिरहेको छ । प्रस्तुत छ, चितवन नारायणगढ घर भइ हाल मेलबर्नमा रहेर आफ्नो अध्ययन र करियरलाई अगाडी बढाइरहनुभएकी अनिता पौडेलसंग गरिएको छोटोमिठो कुराकानी आजको फेशन एण्ड ब्युटी टकमा :

नेपालमा तपाईंको स्थायी ठेगाना ?

मेरो घर चितवन, नारायणगढ हो ।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?

म Brunetti production मा म्यानेजर पदमा रहेर काम गर्दैछु ।

तपाईंका रुचीहरु ?

गीत गाउने, पौडी खेल्ने । घुम्न असाध्यै मन पर्छ। विश्वका विभिन्न देश घुम्ने मन छ।

फेशनमा कत्तिको रुची राख्नुहुन्छ ?

फेशनप्रति ध्यान दिन्छु । नयाँ फेशन ट्रेन्डबारे जानकारी लिन्छु ।

तपाईंलाई मन पर्ने फेशन ट्रेन्ड ?

यही नै भन्ने छैन । समय सुहाउँदो, आफूलाई सुहाउँदो र सजिलो हुने ।

लुगाहरु प्राय: कहाँ किन्ने गर्नुहुन्छ ?

Mayers , Target , Cotton on , H and H आदि स्टोरहरुमा ।

कुन ब्राण्डको लुगा र जुत्ता किन्ने गर्नुहुन्छ ?

गुणस्तर र मूल्य अनुसार । धेरैजसो नाइक, कन्भर्स आदि ब्राण्ड हेर्छु ।

नेपाली ट्रेडिसनल ड्रेसहरु कहाँ किन्ने गर्नुहुन्छ ?

यहाँ किन्नुपर्दा भारतीय पसलहरुमा किन्छु र नेपालबाट पनि मगाउँछु ।

ती नेपाली ड्रेसहरु कत्तिको महँगो छन् र आफूले चाहेको अनुसारको कत्तिको पाउनुभएको छ ?

मूल्य पनि तिर्न सकिने किसिमकै हुन्छ र ड्रेसहरु पनि राम्रो हुन्छ ।

अष्ट्रेलियामा नेपाली ड्रेसहरु सुलभ मूल्य र सहज रुपमा उपलब्ध हुनको लागि के गर्नुपर्ला ?

सबैजना लुगाको मूल्य बारेमा सजग हुनुपर्यो, नेपाली ब्राण्डलाई यहाँ ल्याउनसक्नुपर्यो !

ब्युटी सलुन कत्तिको जानुहुन्छ ?

प्राय : हप्तामा एकपटक जान्छु ।

नेपालीहरुले संचालन गरेको ब्युटी सलुनमा जाने गर्नुहुन्छ? त्यहाँको सेवा कस्तो लाग्छ?

जान्छु । अरुले संचालन गरेको ब्युटी पार्लरहरुको तुलनामा नेपालीहरुले गुणस्तरीय सेवा दिन नसकेका हुन् की भन्ने लाग्छ।

नेपाली ब्युटी सलुन संचालकहरुको लागि के सुझाव दिन चाहनुहुन्छ ?

आफ्ना सबै ग्राहकलाई समान व्यवहार गर्दै गुणस्तरीय सेवा दिनको लागि अझ प्रयास गर्नुपर्छ जस्तो लाग्छ ।

Comments

comments