काठमाडौं । नेपाली सेनाका सहायक रथिले दक्षिण सुडानको सेक्टर कमाण्डको नेतृत्व गर्न पाउने भएका छन् । कूटनीतिक ‘लविङ’ बलियो नहुँदा नेपालबाट उच्च तहमा नेतृत्व गर्ने अवसर न्युन पाएको छ । नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि नैनराज दाहालले यो अवसर पाएका हुन ।

उपरथिको लाइनमा रहेका उनी अर्को साता त्यसतर्फ जाने तयारीमा छन् । राष्ट्रसंघमा प्रभाव राख्ने सुरक्षा परिषदका स्थायी सदस्य मुलुकहरु नै उच्च पदमा लालयित हुँदा नेपाल जस्ता मुलुक पछाडि पर्ने गरेका छन् ।

सुरक्षा परिषदका स्थायी सदस्यहरु अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स एवं उनीहरुका निकटस्थ (एलाई) मुलुकहरुबाट नै त्यस्तो पदमा जाने गरेको छन् ।

राष्ट्रसंघ सकारात्मक हुन नसकेको भए पनि सरकार प्रमुख, सेना प्रमुख र उच्च अधिकारीहरुले नेपाललाई सेनाको योगदानको अनुपातमा उच्चतहमा सहभागिता दिनुपर्ने बताउदै आएको छ । अहिले औलामा गन्न सक्ने हैसियतमा नेपाली सेनाका अधिकारीले त्यहाँ अवसर पाएका छन् ।

Comments