काठमाडौं । प्रतिनिधि सभामा निर्वाचीत भएपछि यतिबेला नेकपा एमालेका नेता लालबाबु पण्डितको चर्चा निकै चुलिएको छ ।

धेरैको नजरमा पर्न सफल नेता पण्डित अभिनेत्री केकी अधिकारीको फेभरेट लिडर समेत रहेछन् । राज्जा रानी क्याम्पेनका लागि पूर्वी नेपालको विराटनगरमा रहेकी केकीको लालबाबु क्रेज स्पष्टै देखिएको थियो ।

पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ लिइन् । नायिकाले आफूबाट अटोग्राफ लिएपछि नेता पण्डितले केकीको सौन्दर्य प्रशंसा समेत गर्न भ्याए । लगत्तै फिल्मको गीतमा उनले केकी र नाजिरसँग नृत्य गरे ।

उनलाई राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा नृत्य देखाएका हुन् । आफू मन्त्री बने फिल्मको लगानी उठाइदिने नेता पण्डितले बचन दिए ।

उनले तराईमा व्याप्त दहेज परम्पराबारे धारणा राखे । राज्जा रानीले समेत दहेज अर्थात दाइजो प्रथाको कथा समेटेको छ । अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने उनले बताए ।

Comments

comments