मेलबर्न। अंग्रेजी नयाँ वर्षको आगमनसंगै अष्ट्रेलियामा रहेको नेपाली समुदायमा नयाँ कार्यक्रम तथा भेटघाटको चहलपहल सुरु भइसकेको छ। नयाँ वर्षकै अवसरमा जनसम्पर्क समिति क्यन्बेर्रा/क़ुइबियेअनले पनि कार्यक्रम आयोजना गरेको छ ।

जनसम्पर्क समिति क्यन्बेर्रा/क़ुइबियेअनले आफ्नो औपचारिक उद्घाटन संगै चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो। ‘हामी सक्छौ तर मिलेर’ भन्ने मूल नाराका साथ प्रजातान्त्रिक पद्धतीमा आस्था राख्ने सम्पूर्णलाई एकताबद्ध गरि अगाडी बढ्ने यस संस्थाको मूख्य उद्देश्य रहेको छ ।

आगामी २८ डिसेम्बर, २०१७ बिहीबारको दिन ठिक १ बजे Hughes Community Hall मा उपस्थित भई संस्थालाई हौसला दिन र हातमालो गर्दै अगाडी बढ्नको लागि समितीले सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेको छ ।

Comments

comments