काठमाडौं । सबैभन्दा धेरै पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा हुनेछन् । पुस ११ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौ किंग्स इलेभेन र ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स खेल्नेछन् ।

उद्घाटन खेलमा सोमबार काठमाडौ किंग्स इलेभेन र ललितपुर प्याट्रिएट्स खेल्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । तर दोश्रो हुने टिमले कति पुरस्कार पाउँछ भन्ने अझैसम्म खुलाइएको छैन । खेल हेर्न साधारण दर्शकको लागि  १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

भारत पाकिस्तान श्रीलंका र हङकङ्गका खेलाडीले पनि खेल्ने

तीनजनासम्म विदेशी खेलाडी राख्न पाउने नियम अनुसार इपिएलमा सहभागिमध्ये ५ टीमले टिमले विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेका छन् । जसमा भारतीय, पाकिस्तानी, श्रीलंकाली र हङकङ्गका खेलाडी रहेका छन् ।

काठमाडौं किङ्स इलाभेनले श्रीलंकाली खेलाडीलाई प्राथमिकता दिएको छ । उसले कप्तानको जिम्मेवारी नै श्रीलंकाका फरवेज महरुफलाई दिएको छ । उनी श्रीलंकाको राष्ट्रिय टिमबाट एकदिवसीय र टेष्ट क्रिकेट समेत खेलिसकेका खेलाडी हुन् । यो टीममा श्रीलंकाका अक्षय फर्नाण्डो पनि अनुबन्ध रहेका छन् ।

ललितपुर प्याट्रिओट्सले भारतीय खेलाडीलाई मौका दिएको छ । ललितपुरबाट भारतका योगेश नायर सुबोध भाटी र जयकिसन कोल्सावालाले खेल्नेछन् ।

विराटनगरले हङकङ्गका खेलाडीलाई क्लवमा अनुबन्ध गरेको छ । हङकङ्गका कप्तान बाबर हायथ र अंशुमन रथले विराटनगर वारियर्सबाट खेल्नेछन् ।
चितवनले भारतका सावेज खान र प्रविन गुप्तालाई अनुबन्ध गरेको छ । त्यस्तै पोखराले पाकिस्तानका आशिफ अलि, ताज वाली र असरुल्लाहलाई अनुबन्ध गरेको छ ।

को को छन् टिममा

काठमाडौं

  • फरबेज मेहरुफ –कप्तान)
  • सोमपाल कामी
  • सागर पुन
  • नरेश बुढाऐर
  • जितेन्द्र मुखिया
  • राजु रिजाल
  • अमित श्रेष्ठ
  • सुशिल कँडेल
  • सिद्धान्त लोहनी
  • विक्रम भुसाल
  • अमरसिंह रौटेला
  • अक्षय फर्नाण्डेज

ललितपुर

  • ज्ञानेन्द्र मल्ल (कप्तान)
  • मेहबुब आलम
  • सन्दिप लामिछाने
  • ललित राजबंशी
  • कुशल भुर्तेल
  • शंकर राना
  • पवन शर्राफ
  • राजबिर सिंह
  • सोनु तामाङ्ग
  • प्रतिस जिसी
  • रित गौतम
  • योगेस नागर
  • सुबोध भाटी

भैरहवा

  • शरद भेषावकर (कप्तान)
  • प्रदीप ऐरी
  • अभिनाश बोहोरा
  • भुवन कार्की
  • कृष्ण कार्की
  • प्रकाश केशी
  • रोहित पौडेल
  • हरिशंकर साह
  • आरिफ शेख
  • दिपेश श्रेष्ठ
  • भुपेन्द्र थापा

चितवन

  • पृथु बास्कोटा (कप्तान)
  • दिपेन्द्र सिंह ऐरी
  • कमल सिंह ऐरी
  • शाहव आलम
  • ललित भण्डारी
  • सुनम गौतम
  • योगेन्द्र कार्की
  • गौतम केशी
  • अनिल मण्डल
  • दिलिप नाथ
  • भीम सार्की
  • सन्दिप सुनार
  • आकाश थापा
  • प्रविन गुप्ता
  • सावेज खान
  • प्रमेश कुमार

पोखरा

  • शक्ति गौचन (कप्तान)
  • विनोद भण्डारी
  • सुसन भारी
  • सन्तोष भट्ट
  • सुनिल धमला
  • सौरभ खनाल
  • विपिन खत्री
  • राजेश पुलामी
  • किशोर महतो
  • नुरुध्वज सेन
  • विक्रम सोब
  • ताज वाली
  • आशिफ अलि
  • इसरुल्लाह

विराटनगर

  • पारस खड्का (कप्तान)
  • आकाश विष्ट
  • रामनरेश गिरी
  • अभिनास कर्ण
  • करण केशी
  • प्रनित थापामगर
  • सुमित महर्जन
  • बशन्त रेग्मी
  • अनिल साह
  • आशिफ शेख
  • पुष्प थापा
  • बाबर हायत
  • अंशुमन रथ

Comments

comments