मेलबर्न । अष्ट्रेलियामा आफ्नै इच्च्छाले मर्न पाइने विधेयक पारित भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको संसदले यस्तो विधेयक पारित गरेको हो ।

विधेयक पारित भएतापनि २०१९ बाट लागु हुने यो कानुन अन्तर्गत जोहोकीले आफैलाई मार्न भने पाउने छैनन्। यो कानुन उपचार नहुने रोग लागेका या असह्य पीडामा भएका बिरामीहरु जसको आयु डाक्टरहरुले ६ महिना वा त्यो भन्दा कम तोकेका छन्, उनीहरुको लागि मात्र लागु हुनेछ । न्यूरोडिजेनेरेटेड रोगबाट ग्रस्त विरामीका लागि भने यो अवधि १ वर्ष तोकिने बताइएको छ।

आफ्नै मृत्युको लागि बिरामीले पहिले आफ्नो चिकित्सक सँग आग्रह गर्नुपर्छ। नीज बिरामीलाई हेरेका चिकित्सकले मृत्युका लागि सिफारीस दिनुपर्ने हुन्छ। यो प्रक्रियामा चिकित्सकले विरामीको रोग र उसको चाहनालाई अनि अवस्थालाई पृष्टी गर्नुपर्ने हुन्छ। निज बिरामी कम्तिमा पनि १८ वर्ष पुगेको र एक वर्षदेखि सो राज्यमा बसोवास गरेको हुनुपर्नेछ।

बिरामीले इच्छा मृत्युवरण गर्न सक्ने देखिएपछि  विरामीको दुई जना आफन्त र एक जना चिकित्सकको साक्षीमा बिरामीको हस्ताक्षर गराइन्छ र यो प्रक्रिया पुरा हुन्छ। त्यसपछि चिकित्सकले बिरामी व्यक्तिले मृत्युवरण गर्न चाहेको पुष्टि गर्छ ।

त्यसपछि विरामीलाई सहज मृत्युवरण गराइन्छ र परिवारजनलाई मृत्युको प्रमाणपत्र उपलब्ध गराइन्छ।

तस्बिर स्रोत

Comments