काठमाडौं । तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार यसपटक चुनावमा तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ। तिहार लगत्ततै चुनावी कार्यक्रम सुरू भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको छ।

पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको स्रोत बनेको छ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी कार्यक्रमको करिब एक महिनामा करिब २ करोड ५० लाख भन्दा बढी रकम बराबरको मालाको कारोबार भएको छ।

Please follow and like us:

Comments