काठमाडौँ । वाम गठबन्धनका दुर्इ घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ।

दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि ओली र दाहालबीच पहिलो पटक भएको औपचारिक भेटवार्तामा सररका निर्माणबारे छलफल भइरकेको बताइएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आकष्मिकरूपमा यो भेटवार्ता भएको हो । भेटवार्तामा निर्वाचन सकिएपछि सरकार निर्माण र दुर्इ पार्टीबीच एकताबारे छलफल भइरहेको स्रोतले बताएको छ।

वाम गठबन्धनका दुर्इ शीर्ष नेतामध्ये ओली नयाँ सरकारको प्रधानमन्त्री हुने करिब पक्का पक्की छ । तर, पार्टी एकतापछि प्रचण्डसहितका नेताहरूको भूमिकाबारे अझै टुंगो नलागिसकेको अवस्थामा दुर्इ नेताबीचको भेटवार्तालार्इ अर्थपूर्णरूपमा लिइएको छ ।

दुर्इ नेताबीच भएको भेटवार्ताको स्थान पनि खुलाइएको छैन । दुर्इ नेताबीच राष्ट्रियसभा निर्माणसम्बन्धी अध्यादेशबारे पनि छलफल भइरहेको छ । शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभासम्बन्धी अध्यादेश ल्याउन खोजेपछि वाम गठबन्धनले चर्को विरोध गरिरहेको छ ।

Comments