काठमाडौं । समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि देखिएको छ । नेपाल चीनभन्दा १ स्थान अगाडि छ भने भारतभन्दा ११ स्थान माथि छ ।

नेपाल समृद्धि सूचकांकको ८९ औं स्थानमा रहँदा चीन १ स्थान तल ९० औं स्थानमा छ भने भारत ११ स्थान तल अर्थात १ सयौं स्थानमा छ । ‘लेगाटम प्रोस्पेरिटी इन्डेक्स २०१७’ मा उल्लेख भए अनुसार नेपाल दुई ठूला अर्थातन्त्र भएका छिमेकी भारत र चीनभन्दा अगाडि देखिएको हो ।

लेगाटम यन्स्टिच्युटले चीन स्वशासित हङकङसहित १ सय ४८ वटा राष्ट्रको अध्ययनपछि समृद्धि सूचकांक सार्वजनिक गरेको हो । प्रत्येक वर्ष लेगाटम समृद्धि सूचकांक सार्वजनिक गरेको हो । समृद्धि सूचकांकका लागि ९ वटा मापदण्ड तय गरिएको थियो ।

Comments

comments