एजेन्सी । अमरिकाको न्यूयोर्क शहरको बस विसौनीमा बम आक्रमण हुन अघिनै अकायद उल्लाहले फेसबुक मार्फत आक्रमणको चेतावनी दिएको खुलासा भएको छ ।

न्यूयोर्कको बस टर्मिनलामा बम बिस्फोट गर्नु केही घण्टा पहिले बिस्फोटनकारी अकायद उल्लाहले फेसबुक मार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए । २७ बषीय बंगलादेशी नागरी अकायदले इस्लामिक स्टेट समूह के समर्थनमा बम विस्फोट गराएका थिए ।

विस्फोटनमा विस्फोटनकारीसहित तीन घाइते भएका थिए । न्यूर्योक प्रहरीले अकायद उल्लाहमाथि हात हतियार राखेकोे, चरमपंथीको समर्थन गरेको र आतंकको धम्की दिएको आरोप लगाएको छ । प्रहरीले न्यूर्योर्क स्थित उनकोे घरको खानतलासी गरेको छ ।

बांग्लादेश सरकारले भने अकायद उल्लाहको कुनै पनि आपराधिक रिकार्ड नभएको भन्दै छ हप्ता पहिले बंगलादेश आएको र पत्नी सहित अमेरिका फर्केको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनताको शान्ति सुरक्षा र अमनचयन कायम राख्न कानूनमा सुधारको खॉचौ रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको आफ्नो कम्जोर आप्रवासी प्रणालीमा सुधार गरी आपराधी गतिविधिमा संलग्न हुनेहरुलाई देश प्रवेशमा रोक लाग्नु आवश्यक भएको बताएका छन् ।

Comments

comments