मेलबर्न । विदेश पढ्न जाने विद्यार्थीहरुको लागि सहयोग हर्ने उद्देश्यका साथ खुलेका एजुकेशनल कन्सल्टेन्सीहरुको बजारमा आफ्नो पहिचान स्थापित गराउन सफल कन्सल्टेन्सी हो, ” इ प्लानेट” । 

अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि इ प्लानेट राम्रो माध्यम हो । यसले विद्यार्थीहरुलाई अष्ट्रेलिया आउनमा सहयोग गर्ने मात्र नभई विद्यार्थीहरुको समग्र समस्या समाधानको प्रयास गरिदिने र नयाँ विद्यार्थीहरुलाई अष्ट्रेलियामा बस्न साथै काम खोज्न समेत सहयोग गर्ने गरेको मेलबर्न शाखाका निर्देशक प्रेम प्रसाद कंडेल बताउनुहुन्छ। उहाँका अनुसार, विद्यार्थीहरुसंग भावनात्मक सम्बन्ध समेत जोड्दै इ प्लानेटमा आउने प्रत्येक विद्यार्थीलाई परिवारको सदस्यको रुपमा व्यवहार गरिन्छ । यस संस्थाले २००६ देखि यता अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिंदै आएको छ ।

अष्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको इ प्लानेटको शाखा मेलबर्न स्थित 7 Conzenp street Brunshweek मा रहेको छ । बिनित राज शर्मा, प्रेम प्रसाद कंडेल र अर्जुन उपाध्याय मेलबर्न शाखाको निर्देशकहरु हुनुहुन्छ ।

इ प्लानेटले नेपालमा रहेका आफ्ना शाखा कार्यालय मार्फत समेत सेवा दिइरहेको छ । काठमाडौ, चितवन, नवलपरासी, बुटवल र पोखरामा शाखा कार्यालय मार्फत सेवा दिइरहेको इ प्लानेटले अब नेपालगंजमा समेत आफ्नो नयाँ शाखा खोल्ने तयारीमा रहेको बताइएको छ ।

Comments

comments