रौतहट । रौतहटको क्षेत्र नम्बर तीनबाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा माओवादी केन्द्रका नेता प्रभुु साहलाई जनताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी भएका मन्त्रीसमेत रहेका उनलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी साह विजयी भएपचि स्थानीय वाम गठबन्धनका युुवा संघका कार्यकर्ताले उनको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताए राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

सो अवसरमा प्रदेशसभास सदस्यमा ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुन्दन कुशवाहालाई समेत स्वागत गरिएको थियो ।

मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्भालिसकेका छन् ।

Comments

comments