काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल चिकित्सा क्षेत्रका लागि मेडिकल हब बन्न सक्ने बताएक छन् । कान्तिपुरमा समाचार छ ।

सडक विस्तार, मेलम्ची आयोजनाको पाइप बिछ्याउने आदिले काठमाडौंमा धुलो, धुवाँ भए पनि यसलाई नियन्त्रण गर्न समय नलाग्ने बताउँदै उनले भने, ‘यसपछि मुलुकको वातावरण अत्यन्त सुन्दर हुन्छ, यहाँ बिहान हिमाल हेर्दै उपचार गर्न पाउने भएकाले जोसुकैले रुचाउँछन् ।’

नेपाल मेडिसिटी अस्पतालको अवलोकनपछि आइतबार अस्पताल परिसरमा ओलीले मेडिकसिटीजस्ता अस्पतालले मुलुकलाई मेडिकल हब बनाउन सघाउने बताए ।

Comments