काठमाडौं । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर मंगलबार (मंसिर २६ गते) बाट लागू हुने छ । नागरिकमा समाचार छ ।

नेपाल आयल निगमले गत सुक्रबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर पाँच रुपैयाँ बृद्धि गरी ८७ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीहरुले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन् ।

वायुसेवा कम्निीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई सय २० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो ।

Comments