चितवन । चितवन क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका शेषनाथ अधिकारीलाई १५ हजार भन्दा धेरै मतले पराजित गरेका हुन् । पोखरेले १७ हजार ३ सय ५६ मतान्तरले विजयी भएका छन् ।

पोख्रेरलले ४४ हजार ६ सय ७० मत पाउदा भने अधिकारीले २७ हजार ३ सय १४ मत पाएका थिए ।

विजयी भएपछि पत्रकारसगा कुराकानी गर्दै पाख्रेरलले आफुले हिजो पनि गरेर देखाएकै कारणले जनताले विजयी बनाएको बताए । अब मुलुककाृ समृद्धिका लागि कटिवद्ध भएर लाग्ने उनले बताए । चितवनलाई वैकल्पिक राजधानी र प्रदेशिक राजधानी बनाउन पहल गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

Please follow and like us:

Comments