नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीलाई उनीहरुकै इच्छाअनुसार फिर्ता बोलाइएको बताउनुभएको छ ।

युवासंघ नेपालको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले केही मन्त्रीको भूमिका प्रभावकारी नभएको भन्ने गुनासो आएको तथा संविधानसभा बाहिर रहेका व्यक्तिलाई पनि जिम्मेवारी दिनुपर्ने देखिएकाले मन्त्रीमण्डल पुर्नगठन गरिएको बताउनुभयो । एमालेले भीमप्रसाद आचार्य र कर्णबहादुर थापालाई गत शुक्रवार मन्त्रीको जिम्मेवारीबाट हटाएको थियो ।

अध्यक्ष ओलीले पार्टीमा कुनै भागबन्डाको राजनीति गर्न नहुनेमा जोड दिँदै महाधिवेशनको मर्मअनुसार पार्टालाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

Comments