काठमाडौं । म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा जमेकी नायिका हुन् , रीमा विश्वकर्मा । केहि अगाडी नेपाली टेलिभजनमा सबैभन्दा ठूलो गायन प्रतियोगिताको रुपमा परिचित नेपाल आइडलको उद्घोषक बनेपछि उनी अझ चर्चित बनेकी थिइन्।

अहिले भने उनको व्यक्तिगत जीवनको घटनाको कारण रीमा चर्चामा आएकी छिन् । केही दिन देखी रीमाको वैवाहिक सम्बन्ध विच्छेद भएको समाचार छाइरहेका कारण उनको चर्चा चलेको हो । समाचार फैलिन थालेपछि रीमाले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो भनेकी छिन् :

म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु। म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु , सुभेक्षुकहरु अनि मेरा आफन्तहरु जस्ले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ,याँहाहरुले म प्रती देखाउनु भएको सद्भाव प्रती हार्दिक आभर प्रकट गर्न चाहान्छु। यो असहज परिस्थितिमा म याँहाहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रस्नको उत्तर दिन असमर्थ छु। यती बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण बिस्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनास पनि हुदैन। यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ। मेरो कोही प्रती पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्छौं ।

सुन्दर तथा बहुप्रतिभाशाली नायिका रिमा विश्वकर्माको सम्बन्ध विच्छेद भएको छ । दुई वर्षअघि प्रेम विवाह गरेका रोबर्ट विक र रिमा विश्वकर्माबीच दुई हप्ताअघि सम्बन्ध विच्छेद भएको हो ।

Image result for reema bishwokarma

सम्बन्ध विच्छेद भएलगत्तै रोबर्टले बर्षा रसाइलीसँग विवाह गर्न तयारी गरेका छन् । उनीहरुबीच इन्गेजमेन्ट समेत भएको बताइएको छ ।

यता केही समयअघि देखि नै रिमा डिभोर्सको तयारीमा हुनु र सम्बन्ध विच्छेत भएलगत्तै रोबर्टले बर्षासँग इन्गेजमेन्ट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रोबर्ट र बर्षाबीचको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि रिमा डिभोर्सको तयारीमा पुगेकी हुन् कि भन्ने अनुमान गरिएपनि यसबारे सत्य खुलेको छ्रैन ।

 

Please follow and like us:

Comments