काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी नेता एवं वामगठबन्धनका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह पुनले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा तर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ निर्वाचित भएका छन् ।

Comments