काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापालाई नेकपा एमालेका नेता कृष्णप्रसाद दाहालले ह्याट्रिक हार पुरा गरेका छन् ।

दाहालले ५ हजार ९ सय ७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६ सय ३१ मत प्राप्त गरेका छन् भने थापाले ३४ हजार ६ सय ५८ मत पाएका छन् ।

दाहाल थापालाई पराजित गरेर तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालमा भएको संसदीय निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।

Comments

comments