ललितपुर । प्रतिनिधि सभा निर्वाचनमा ललितपुर १ बाट वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भएका छन् ।

पूर्व डीआईजीसमेत रहेका सिलवालले कांगेसले जित्दै आएको क्षेत्रमा वामको झन्डा गाडेका हुन् । सिलवालले नेपाली कांग्रेसका उम्मेदवार उदय राणालाई ६ हजार पराजित गरे ।

वामका उम्मेदवार नवराज सिलवालले २६ हजार ९ सय ४६ मत ल्याएका छन् । त्यस्तै पराजित भएका कांग्रेसका उदय शमशेर राणाले २० हजार ७ सय २९ मत ल्याएका छन् ।

Comments