काठमाडौँ । डा. शेखर कोइरालालाई हराउँदै एमाले नेता लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

दुई नेता मोरङ क्षेत्र नम्बर ६ मा प्रतिस्पर्धामा उत्रिएका थिए ।

अन्तिम मत परिणाम अनुसार लालबाबुले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे भने शेखरले कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।

कोइराला परिवारको विरासत मानिएका डा. शेखरको पराजय नेपाली काँग्रेसलाई ठूलो झड्का हुनेछ ।

Please follow and like us:

Comments