दार्चुला । दार्चुलामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रदेशसभा ‘क’ मा १६ हजार ५३ मत ल्याएर नेकपा एमालेका गेल्बुसिंह बोहरा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका मानबहादुर धामी १२ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो ।

यसअघि सार्वजनिक भएको प्रतिनिधिसभा तर्फको मतपरिणाममा एमालेका गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिक्रम सिंह धामीले ६ हजार ७ सय ६५ कम अर्थात २२ हजार २ सय २३ मत प्राप्त गर्नुभएको थियो ।

यो जितसँगै ठगुन्ना लगातार २ पटक केन्द्रीय निर्वाचन जित्ने दार्चुलाका पहिलो व्यक्ति बन्नुभएको छ ।

Comments