काठमाडौं । काठमाडौं ८ मा नेकपा एमालेका उम्मेदवार जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गर्नु भएको हो । श्रेष्ठले १३३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२९५३ मत पाउनु भएको छ ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जोशीले श्रेष्ठलाई यही क्षेत्रबाट हराउनु भएको थियो ।

Comments