काठमाडौं । धादिङमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

धादिङ प्रदेश ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् । उनले २७ हजार ३ सय ३२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४६ मत ल्याएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शालिकराम जमकट्टेल विजयी भएका छन् । उनले २३ हजार ३ सय ८२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार चार सय ७ मत ल्याएका छन् । जमकट्टेल धादिङ ‘ख’ मा विजयी भएका हुन् ।

Comments