मेलबर्न । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्ति खुलाउने भएको छ । सरकारले सन् २०१८ को फेब्रुअरीमा छात्रवृत्ति खुलाउने भएको हो ।

सरकारले दिने उक्त छात्रवृत्ति कुनै पनि लेभलको लागि पूर्ण छात्रवृत्ति हुनेछ । जस अन्तर्गत दोहोरो टिकट खर्च देखि लिएर बसाइ व्यवस्थित गर्न लाग्ने खर्च, पढाइ खर्च, खाना खर्च, अन्तराष्ट्रिय विद्यार्थी स्वास्थ बीमा, रिसर्च गर्ने विद्यार्थीहरुका लागी फिल्डमा जादा लाग्ने खर्च पर्छ । २०१८ मा खुल्ने यो छात्रवृति २०१९ देखि सुरु हुने शैक्षिक शत्रको लागि हो।

यस छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीले २०१८ को फेब्रुअरी १ देखि अप्रिल १५ सम्ममा आवेदन दिइसक्नुपर्नेछ। त्यसको लागि विद्यार्थीले युनिभर्सिटिको The Commonwealth Register of Institutions and Courses for Overseas Students (CRICOS) मा आफ्नो शैक्षिक क्षेत्र मिल्ने विषय रोजी https://oasis.dfat.gov.au मा गएर आवेदन दिनुपर्नेछ।

Comments